नियम १९०
पेश्की फछ्र्यौट नगरेमा कारबाही गरिने
रकम पेश्की लिने स्थानीय निकायका
पदाधिकारी वा कर्मचारी वा अन्य जुनसुकै व्यक्तिले यस नियमावलीमा तोकिएको
म्यादभित्र पेश्की फछ्र्यौट नगरेमा सम्पूर्ण पेश्की रकममा म्याद नाघेका मितिले
वार्षिक दश प्रतिशतका दरले ब्याज समेत लगाई लिनु पर्नेछ र अनावश्यक पेश्की
लिएको वा फछ्र्यौट गर्न अटेर गरेमा वा म्यादभित्र फा“टवारी नबुझाएमा कर्मचारीको
हकमा तलव रोक्का गर्ने र तलव रोक्का गर्दा पनि अटेर गरेमा बढुवा रोक्का गर्ने
कारबाही गर्न सकिने छ । कर्मचारी बाहेकका पदाधिकारीको हकमा सार्वजनिक सूचना
समेत जारी गरी निजले पाउने सुविधा रोक्का गरी सरकारी बा“की सरह व्याज सहित
त्यस्तो पेश्की रकम असूल उपर गरिनेछ ।